दफा २८
निर्णय सुनाउनु पर्ने
मध्यस्थले पक्षहरुका समक्ष निर्णय पढी सुनाउनु पर्नेछ र त्यसको एक एक प्रति सम्बन्धित सबै पक्षहरुलाई दिई सो को निस्सा मिसिल साथ राख्नु पर्नेछ । कुनै पक्ष निर्णय सुनाउन तोकिएको समयमा अनुपस्थित रहेमा वा उपस्थित भएर पनि निर्णयको प्रतिलिपि बुझिलिन इन्कार गरेमा सो कुरा जनाई निर्णयको प्रतिलिपि संलग्न गरी निजलाई सूचना दिनु पर्नेछ ।